“सौन्दर्यकला व्यवसायी संघ नेपाल” का केन्द्रिय अध्यक्ष श्री कमला श्रेष्ठ ज्यु ले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि माननीय रामेश्वर राय यादव ज्यु र सोहि मन्त्रालयका सचिब श्री बाबु राम अधिकारी ज्यु लाई भेट गरि कोरोना भाइरस को महामारी बाट उत्पन्न भएको रोजगारीको समस्या लाई मध्येनजर गरि ५०,००० महिला तथा पुरुष लाई पुरुषहरूको कपाल काट्ने तालिम (Men’s Haircutting Training) दिने बारे छलफल भएको थियो।
मन्त्रि ज्युसंग को भेट कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्री उमेश लाल श्रेठ, ने. उ. बा. संघ का केन्द्रिय सदस्य श्री हेमराज ढकाल तथा “सौन्दर्यकला व्यवसायी संघ” ललितपुर जिल्ला समिति का उपाध्यक्ष सीता अर्याल ज्यु को पनि उपस्तिथी थियो।
माननीय मन्त्रि ज्यु ले प्रस्तुत कार्यक्रम, अहिले को अवस्था मा अति आवश्यक रहेको छ भन्नु भयो। सचिब ज्युले पनि “यस्तो कार्यक्रम गर्न खोजेका थियों तर सम्भव भएन” भन्नु भयो। “अहिले तपाईं हरु को संघ बाट प्रस्तुत कार्यक्रम सफल पुर्बक संचलान हुने मा बिस्वास लिएको छु ” भन्नु भयो भनेर संघ का अध्यक्ष श्री कमला श्रेष्ठ ज्यु ले नेपालीसाइट लाई जानकारी दिनु भयो ।
यस भेटमा उपाध्यक्ष श्री उमेश लाल श्रेठले यस तालिम संचालन गर्ने बारे केहि नगरपालिका तथा वार्ड हरु मा कुरा अघि बढाएको साथै महा संघ बाट उक्त तालिम लिएकाहरुलाई व्यवसाय संचालन गर्न आवस्यक पर्ने रकम Soft Loan को बारे पहल गर्ने भनेर जानकारी पनि दिनु भयो ।
यस अघि माननीय उप प्रधानमन्त्री तथा रक्षा मन्त्रि ईश्वर पोखरेल ज्यु संग भेटि महिला तथा पुरुष लाई पुरुषहरूको कपाल काट्ने तालिम को प्रस्ताब पनि बुजाएको थियो। “अहिले को समय सापक्छ्य यो धेरै सान्दर्विक छ र यसमा म सब्बै मन्त्रालय संग समन्वय गर्ने छु,” माननीय मन्त्रि ईश्वर पोखरेल ज्युले संघ का अध्यक्ष श्री कमला श्रेष्ठ ज्युलाई भन्नु भएको छ।
![](http://nepalisite.com/nepali/wp-content/uploads/2020/06/ishwar-pokhrel.jpg)
त्यसै गरि महिला , बालबालिका तथा जेस्ठ नागरिक मन्त्री ज्यु संग भेटि “सौन्दर्यकला व्यवसायी संघ नेपाल” ले सोहि प्रस्थाब राखेको थियो र माननीय मन्त्रि पार्वत गुरुङ ज्यु ले पनि सहयोग गर्छु भन्नु भएको थियो, भनेर संघ का अध्यक्ष श्री कमला श्रेष्ठ ज्यु ले नेपालीसाइट लाई भन्नु भयो |
![](http://nepalisite.com/nepali/wp-content/uploads/2020/06/parbat-gurung-1024x473.jpg)
सम्बन्धित