सन् २०१० को बाघ दोब्बर गर्ने संकप्प महत्वकांक्षी थियो । संकल्प मात्र गरिएन बाघ बढाउने आधार क्षेत्र तयार गरियो । बाँके निकुञ्ज घोषणा भयो । घोषणा लगत्तै नेपाली सेना पाल बोकेर तैनाथ भयो । पर्सा बन्यजन्तु आरक्ष बिस्तार भयो । अपग्रेड भएर निकुञ्ज भयो । सेनाले ईशारामा पोष्ट लिएर सुरक्षा दियो । बाघ दोब्बर गर्न बिना बिलम्ब बनको तत्कालीन नेतृत्वले ११८६ बर्ग कि मि बासस्थान बढाउनुभयो । ती महत्वकांक्षी नेतृत्वको संरक्षण पहलता र प्रयासलाई सलाम ।
निकुञ्ज, प्रशासनको अगुवाईमा निर्माण भएको बृहद टिम (बनरेञ्जर, संरक्षण साझेदार संघ–संस्थाहरु, सिबिएपियु, बनहेरालु, सबै सुरक्षा निकायहरु र सिआईबि, सामुदायिक बनकर्मी, संचारकर्मी) र टिमवर्कलाई सलाम । सलामले पुग्दैन ती सबै कदरयोग्य संरक्षण त्यागको लागि राष्ट्रिय सम्मान र पुरस्कारको हकदार हुन् किनभने दोब्बर बढाउनु भनेको बाघ तेब्बर बढाएर यो मिलिजुली टिमले ३५५ पुर्यायो । झन् ठूलो राष्ट्रिय कदर, सम्मान र पुरस्कारको हकदार बाघ संरक्षणमा ज्यानको आहुति दिने स्थानीयबासी र तिनका परिवार छन् । सलाम छ ती संरक्षण सहिद र तिनका आश्रित निहत्था संरक्षणप्रेमी परिवारजनलाई ।
यो पनि पढ्नुहोस:गैँडा गणना : नम्बर होइन, वासस्थान सुधार आजको आवश्यकता
नया चुनौती
खुस खबर राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मिडियामा छाएको छ । अब बाघको अंग माग बढ्ने छ । अबैध ब्यापार चम्किने छ । चोरी शिकारीहरुले आदेश पाइसकेको हुनुपर्दछ । बन्दुक– बारुद, बिषादी, पासोको जाल बिछ्याईने छ ।
स्थानीय समुदायलाई भय र त्रास देखाएर भड्काईने छ । संरक्षणकर्मीलाई होइन चोरी सिकारीलाई साथ दिन उक्साईने छ ।
संरक्षण बिरोधी बिकासको नारा उचालिने छ । बन–जंगल उत्खनन, बिनास र दोहनको लुट्पात् बढ्ने छ । बाघलाई तनाबग्रस्त र समस्याग्रस्त बनाउन बन अतिक्रमण तीब्र पारिनेछ । सुकुम्बासी पुनर्वासको अथवा पूर्वाधार निर्माणको नाममा ।
यथार्थ बोध
बाघ बढ्दा गैंडा पनि बढेका छन् । अन्य बन्यजन्तुको पनि स्वत बृद्धि भएको छ । नेपालमा बाघ बढ्दा भारतमा पनि बढेको हुनुपर्दछ । एउटा देसको चारी सिकारी चुनौतीले अर्को देसलाई पनि छाड्दैन । तसर्थ, संयुत्त संरक्षण प्रयास जरुरी छ ।
दोश्रो सत्य, बाघ बढेपछि स्वभावत बाघ–मानव द्वन्द्व बढ्ने छ । तर त्यसको उपचार संभव छ।
तेश्रो सत्य, बाघ तेब्बर हुनु भनेको खुस खबर हो । तर त्यसले ३ गुना ठूलो बासस्थान, ३ गुना गुणस्तरीय घाँसे मैदान र स्वच्छ पानी तथा ३ गुना धेरै आहार माग गरेको बुझ्नुपर्दछ । अर्कोतिर त्यसले ३ गुना धेरै राष्ट्रिय संरक्षण प्राथमिकता, ३ गुना धेरै बजेट र श्रोतसाधन, ३ गुना धेरै कर्मचारी र तिनको सक्रियता, ३ गुना धेरै राम्रो ब्यबस्थापन र ६ गुना धेरै संरक्षणको माग राखेको हुन्छ ।
तसर्थ, सबैको जिम्मेवारी र कर्तब्य ३ देखि ६ गुना बढेको परिवर्तित अवस्थामा हामीले आफुलाई तदनुसार परिवर्तन गर्न, तिखार्न र जवाफदेहिता एवं क्षमता अभिबृद्धि गरेर प्रश्तुत हुन जरुरी छ ।
यो पनि पढ्नुहोस:गैँडा गणना : नम्बर होइन, वासस्थान सुधार आजको आवश्यकता
संरक्षण सुझाव
दुई देस नेपाल–भारतले क्रसबोर्डर अनुगमन संयन्त्रलाई असरदार बनाउनुपर्दछ । दुबै देसको बाघको ओहोर दोहोर संख्याको अभिलेख दुरुस्त राख्न र ती बाघलाई सुरक्षाको प्रत्याभूति दिनलाई । सीमापारि बाघले मारेको घटनालाई सीमावारि मुचुल्का बनाई राष्ट्रिय ढुकुटी (१० लाख) रित्याउने कपट् बन्द गर्नुपर्दछ । सीमा वारि होस पारि बाघको आक्रमणबाट १ जना मानिसको मृत्यू हुनुहुँदैन । त्यो द्वन्द्व शून्यमा झार्न संभव छ ।
बाघ बढ्दैमा द्वन्द्व बढ्छ भन्ने कुरा सत्य होईन । बाघ बढेसंगै बाघको ठूलो आकारको आहार प्रजाति बढाउन बिशेष ध्यान दिनुपर्दछ । चितवन पर्सामा गौर र अर्ना, बाँके बर्दियामा जरायो र शुक्लाफाँटमा बाह्रसिङ्गेको संख्या बढाउन बासस्थान अनुकूल बनाईदिनुपर्दछ । घाँसेमैदान १२ महिनासफा र स्वस्थ राख्न तथा पानीको श्रोत बढाउन शीघ्र बाधाअड्काउ फुकाउन सकिन्छ । बाघलाई भित्रि कोरएरियामा रमाउने बढाउने गरि बासस्थान सुधार गरेमा बाघ बाहिर आउने छैनन् ।
यद्यपि, बाघ बुढो, घाईते हुनु स्वभाविक हो । २ देखि ५ प्रतिशत त्यस्तो समस्याग्रस्त बाघलाई रेडियोकलर लगाएर २४ घण्टा मनिटर गर्ने चुस्त संयन्त्र बनाउन र आवस्यक पर्नासाथ नियन्त्रणमा लिएर खोरमा राख्न सबै निकुञ्जमा भेटेनरियन, प्राबिधिक, बाघबिज्ञ, सैनिक सम्मिलित शक्तिशाली मोबाइल र्यापिड् रेस्पोन्स् टिम स्ट्याण्डबाई रहन जरुरी छ । त्यस्तो बाघ राख्न हरेक निकुञ्जमा ठूलो राम्रो सुरक्षित उपचार तथा सुधारकेन्द्र हुनुपर्दछ । सौराहाको बन्यजन्तु अस्पताललाई दक्ष प्राबिधिक जनशक्ति र श्रोतसाधन सम्पन्न बनाउन जरुरी छ । साथै, बाघको बासस्थान वरिपरिका समुदायलाई संरक्षण शिक्षा दिन, समूहमा मात्र जङ्गल जान लगाउन र संभव भए एस्कर्ट गरेर सुरक्षा दिन सकिन्छ । यो अनुशासनले बाघ–मानव द्वन्द्व न्यूनिकरण मात्र होईन शून्यमा झार्न सकिने छ ।
तर, हेक्का रहोस् निकुञ्जभित्रको घुसपैठ् कुशासन र फितलो सुरक्षा प्रतिको अट्टेरी हो । गरिबी र बेरोजगारको बाद्यता पनि हो । तसर्थ, सुशासन र बफरजोन लक्षित समृद्धि सरकारको पहिलो लक्ष हुनुपर्दछ । बाघको दिर्घकालीन र स्थायी रक्षा कल्याण सम्मानको निमित्त ।
क्षतिपूर्ति छिटो र धेरै दिने हार्दिकताले स्थानीय जनता संरक्षणमा मरिमेटेर लाग्ने छन् ।
स्थानीय जनतालाई तालिम दिने रेञ्जर र निकुञ्ज कर्मचारीहरुको प्रशिक्षण शून्य छ । पहिलो प्रशिक्षण यो फ्रन्टलाईन जिम्मेवार पंक्तिलाई दिन जरुरी छ ।
नेपाली सेनाको संख्यात्मक होइन गुणात्मक क्षमता ६ गुना धेरै बढाउन जरुरी छ । उसको ईण्टेलिजेन्स, दुरबिन, जिपिएस, नाइट्भिजन, सिसि क्यामरा, ड्रोन ६ गुना बृद्धि होस् । अपरेसन क्षमता ६ गुना बढाउन साईकल मोटरसाईकल, जिप, जहाज, डुङ्गा, रियलटाईम पट्रोलिङ्गको मोबिलिटी र कम्युनिकेसन बढाउन जरुरी छ । ठूला र भारि बन्दुक, बम ६ गुनाले घटाएर बिना गोली डिजिटल बुठ् र मिठो बोलीले शून्य सिकार–शून्य अबैध ब्यापारको पूर्व नजिरलाई निरन्तरता दिन जरुरी छ । सम्मानपूर्वक सिआईबि र सिबिएपियुको साथ र सहयोग लिएर ।
संरक्षणप्रेमी नेपाली सेनाले निकुञ्ज फौजलाइृ रक्षा बजेटबाट संचालन गरेर बन बिकास बजेट बिज्ञान र प्रबिधि तथा प्रकृतिमैत्री हरित पूर्वाधारमा खर्च गर्ने अभ्यास गर्नुपर्दछ । निकुञ्जभित्र १२ महिना २४ घण्टा हरेक कुना पुग्ने अलवेदर सडक संजाल बनाउनुपर्दछ । बिश्वले कदर गर्ने सुन्दर संरक्षणको पहल ।
यसो भयो भने नेपाल बाघको सुरक्षित र सुन्दर बासस्थान हुने छ । बाघ–मानव द्वन्द्व शून्यमा झर्ने छ । शून्य द्वन्द्व, शून्य सिकार–ब्यापारले समृद्धिको नया ढोका खुल्ने छ । नेपालको पर्यटकीय निकनेम टाईगरल्याण्ड हुनेछ । अनि ती अनुशासित, स्वस्थ, सुखी र खुशी बाघ र तिनका उस्तै वास्तबिक मालिक स्थानीयबासिन्दाको घर आँगनमा पर्यटकहरुको कुम्भमेला लाग्ने छ।
बाबुकृष्ण कार्की, बाघ गोठालो ।