सहायक रथी बाबुकृष्ण कार्की(अप्रा),
बन्यजन्तु अपराधमा संलग्न अन्तर्राष्ट्रिय गिरोहको नाईके कुञ्जोक लामा पक्राउ परेपछि यो अबैध व्यापारको नालीबेली खुल्ने र बिश्वका बन्यजन्तुले राहत पाउने आशा पलाएको छ । ढिलो भएपनि २० बर्षदेखि फारार कुञ्जोक काठमाण्डौको बौद्धबाट असार ११ गते पक्राउ परेका छन् ।
कुञ्जोक सम्मिलित संसार चन्द र सहिबर कुरैसीको टोलीले भारतमा मात्र ६ सय पाटेबाघ मारेको आरोप छ । द्वन्द्वकाल र लगत्तै पछिको संक्रमणकालमा गरेर नेपालले पनि १ सय हाराहारीको संख्यामा पाटेबाघ गुमाएको पंक्तिकारको अनुमान छ । करिब २ सय गैंडाको चोरी शिकारी भएको हुनुपर्दछ । सयौंको संख्यामा चितुवा मारिएका थिए । द्वन्द्वकाल कुञ्जोक जस्ता खुङखार तस्करका लागि ‘सुनौलो युग’ साबित भयो । कुञ्जोकले निकुञ्ज र बन्यजन्तुमाथि एकछत्र कव्जा जमाए । सुरक्षाफौज र संरक्षणकर्मी मर्ज भएर मैदान खाली गरिदिए । कुञ्जोकले जिते । हामीले हार्यौं ।
कुञ्जोकले नेपाललाई ट्रान्जिट् पोईण्ट बनाएका थिए । दक्षिण एशियाका अबैध बन्यजन्तु अङ्ग काठमाण्डौका बिभिन्न ठाउ“मा भण्डारण गरेर राख्दथे र तिव्वत हु“दै चीन लगायतका मुलुकहरुका अन्तर्राष्ट्रिय बजारमा चोरी निकाशी गर्दथे ।
भारतीय प्रहरीले कुञ्जोकको भारी मात्रामा बाघको छाला लगायत अबैध बन्यजन्तु अंग पक्राउ गर्दा उनलाई पक्रन सकेको थिएन । कुञ्जोक चतुर खेलाडी थिए । धेरैवटा नाम र परिचय, धेरै नागरिकता, धेरैवटा पासपोर्ट, धेरैवटा घर र संसारभरि घर भएका कुञ्जोकले भारत, नेपाल र ईण्टरपोललाई चक्मा दिंदै आएका थिए । लकडाउन नहु“दो हो त अहिले उनी अमेरिकामा हुने थिए ।
कदरयोग्य काम
कुञ्जोकको नाम र कुख्यात अबैध व्यापार सार्बजनिक हु“दा पंक्तिकार बर्दिया राष्ट्रिय निकुञ्जमा सेवारत थिए“ । कुञ्जोक एक दिन ठाकुरद्वारा आए बाघको छाला, हड्डी लगायत सर्वाङ्ग खरिद गर्न । तत्कालिन रेञ्जर रमेश थापाले कुञ्जोक मस्ताएको घर घेरा हाले । पंक्तिकार र कुञ्जोकको एकान्त घर भित्र १ घण्टा गुत्थमगुत्थाको लडाई प¥यो । कुञ्जोकलाई नियन्त्रणमा लिन घण्टौं समय लाग्यो । तर उनी हामीले खोजेको कुञ्जोक नभएर उनको संजालको १ जना बलवान तस्कर मात्र थिए । हामी कुञ्जोकको खोजीमा धनगढी, नेपालगंज, सुर्खेत, काठमाण्डौं, दिल्ली पुग्यौं । तर कुञ्जोकले हामीलाई छलेर हैरान पारे । पछि १ दशकसम्म ट्राफिक ईण्डियाका मित्रहरुसंग मिलेर हामीले संयुक्तरुपमा कुञ्जोकको डाटाबेश बनायौं र ट्रयाक ग¥यौं । चतुर कुञ्जोकले हामीलाई जोकर बनाईरहे ।
द्वन्द्वकालिन क्षतिपूर्तिका लागि बृहद टीम निर्माण गर्ने क्रममा सि आई बि समाबेश भयो । सि आई बिको सक्रियताले अबैध बन्यजन्तुको अंग मात्र आपूर्ति र व्यापारको जरा काटियो । निकुञ्ज प्रशासन र सुरक्षाकर्मीहरुले निकुञ्जको कोर एरियामा ध्यान एकाग्र पार्न पाए । बाहिरको व्यापार चक्र सि आई बि ले निमिट्यान्न पारिदियो । सि आई बि को सक्रियतामा निकुञ्ज प्रशासनले चोरी शिकारी नियन्त्रण अपरेशन तीब्र पारे । सबैको बिजय भयो सबैको विन विन हु“दा धेरै बर्षसम्म मुलुकले शून्य शिकार उपलव्धी हासिल गरेर बिश्वलाई चकित पारिरह्यो । ईण्टरपोल लगायत क्षेत्रीय संजाल र संरक्षणमा प्रतिबद्ध छिमेकी मुलुक भारतको सूचना र सहयोगमा हाम्रो सि आई बि को अनवरत पहल र प्रयासले मात्र कुञ्जोक पक्राउ परेका हुन् । कस्तो कमाल हाम्रो सि आई बि ∕ पहिलो सलाम बिश्व बन्यजन्तु कोष र नेपाल प्रहरीको सि आई बि लाई । दोश्रो सलाम सि आई बि ले नियमित सम्पर्क, सु–सम्बन्ध र समन्वय राखेर काम गरेको क्षेत्रीय र अन्तर्राष्ट्रिय ईण्टेलिजेन्स संजाललाई । तेश्रो सलाम, २०६२ सालमा भारी मात्रामा अबैध बन्यजन्तु अंग बरामत गरेर कुञ्जोकको टीमलाई कानूनको दायरामा ल्याउने र कुञ्जोकलाई अभियुक्त प्रमाणित गर्ने लाङ्गटाङ्ग राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको प्रोटेक्सन युनिटलाई । संयुक्त र समन्वीकृत प्रयासबाट कुञ्जोकको पक्राउ सम्भव भएकोले सम्पूर्ण टीमको पहलता, प्रयास र योगदान कदरयोग्य रह्यो ।
अपूर्व अवसर
एशिया मात्र होईन बिश्वभरी बन्यजन्तु अंगको अबैध व्यापार गर्ने भूमिगत समूहको नालीबेली बुझ्न सम्बन्धित निकायहरुलाई एउटा अपूर्व अवसर प्राप्त भएको छ । ईतिहासमा पहिलोपटक क्षेत्रीय र अन्तर्राष्ट्रिय भूमिगत गिरोहको नाईके पक्राउ परेको यो अपूर्ब अवसर अवैध व्यापार नियन्त्रणको लागि कोसेढुङ्गा सावित हुने छ । हाई प्रोफाईलको त्यति धनी तस्करलाई सावधानीपूर्वक ह्याण्डेलिङ्ग, बिज्ञ समूहद्वारा सोधपुछ र ईण्टेलिजेन्सको दुरुस्त अभिलेखिकरण र आवश्यकतानुसार बितरण गर्नुपर्दछ । न कि लाङ्गटाङ्ग राष्ट्रिय निकुञ्जमा बुझाएर औपचारिकता मात्र पूरा गरेर छाड्नु हु“दैन । पद र पैसाको प्रभाव र बाछिटा पर्न दिनु हु“दैन । किनभने कुञ्जोक हिरासतमा हु“दा हिजो असार २० गते दाङ्गमा पुनः पाटेबाघको अबैध छाला पक्राउ परेको छ।
लाङ्गटाङ्ग राष्ट्रिय निकुञ्जका चीफ वार्डेनले तत्काल जिल्ला वाईल्डलाईफ क्राईम कन्ट्रोल व्यूरोको मिटिङ्ग आह्वान गर्नुपर्दछ । त्यसमा चीफ वार्डेनको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी, निकुञ्जमा तैनाथ गणका गणपति, सरकारी वकिल, सबै सरकारी निकाय प्रमुखहरु, बन भंसार र हुलाकको प्रतिनिधिहरु सम्मिलित हुने कानूनी प्रावधान छ । त्यो समाबेशी र सशक्त टोलीलाई प्राविधिक सहयोग उपलव्ध गराउृन निकुञ्ज बिभागले अनुभवी ईण्टरोगेसनबिज्ञ र कानूनबिज्ञ पठाउन सक्नेछ । जसले अनुसन्धान र प्रमाणहरु पु¥याउन र बलियो बनाउन मद्धत गर्नेछ । स्थानीय निकुञ्जको प्रारम्भिक सोधपुछ पछि बिभागीय सोधपुछ कार्य अगाडि बढाउन बान्छनीय हुनेछ । भेरिफिकेसन र थप अनुसन्धानको लागि सि आई बि सहितको टीमको सक्रियता जरुरी हुन्छ । बिभाग स्तरमा महानिर्देशकको संयोजकमा उपमहानिर्देशक, जंगी अड्डाका निर्देशक सहायकरथी, सबै सुरक्षा निकायका डिआईजिहरु, बन बिभागको महानिर्देशक, महान्याधिबक्ता कार्यालयको पदाधिकारी, बन्यजन्तुं संघसंस्थाका २ जना प्रतिनिधिहरु सम्मिलित यो निकायको अनुसन्धान वजनदार र बिश्वसनीय हुनेछ । २०६२ सालमा पक्राउ परेका उनका कामदारहरुले १५ बर्ष जेल सजाय पाएका थिए । तर कुञ्जोकको हकमा अन्तिम फैसलाको निचोड भएपछि बन्यजन्तु संरक्षणको कुटनीति, सहकार्यको अभ्यास र कानूनको मर्यादा पालना गर्दै ट्राफिक ईण्डिया र ईण्टरपोल समेतको अनुसन्धानलाई पूर्णता दिन नेपालले सहयोग गरिदिनुपर्दछ ।
बिश्व दुरबिनमा नेपाल
कुञ्जोकको पक्राउले पूर्ण र आंशिकक लकडाउनमा रहेको बिश्व संरक्षण समुदायलाई खुशी तुल्याएकोछ । बिश्वले नेपालको यो ऐतिहासिक उपलव्धिलाई कसरी कुनस्तरको अनुसन्धान गरेर मुद्धा किनारा लगाउंदछ सुक्ष्म अध्ययन गरिरहेकोछ । नेपालले सामान्य औपचारिकता पूरा गरेर अथवा नेपालको मात्र लेन्सबाट हेरेर यो संबेदनशील च्याप्टर बन्द गर्नु हु“दैन । बन्यजन्तु अबैध व्यापारको क्षेत्रीय र अन्तर्राष्ट्रिय जालो तोड्ने अवसरको पूर्ण सदुपयोग गर्नुपर्दछ र बिश्व संरक्षण समुदायको बिश्वास र कदर प्राप्त गर्नुपर्दछ ।
पूर्व नजिर
नेपालको सि.आई.बि. ज्यादै दक्ष, सक्षम र गतिशील छ । मलेसियामा लुकेर बसेका ईण्टरपोलद्वारा रेड् नोटिस जारी खुङ्खार गैंडा शिकारी राजकुमार प्रजालाई उहिं पक्रेर नेपाल ल्याउने काम होस्, अथवा मुलुकका भूमिगत तस्कर र गिरोहहरुलाई पक्रने काम होस् सि.आई.बि.ले हासिल गरेको सफलता कदरयोग्य छ ।
१२ बर्ष अगाडि बर्दिया राष्ट्रिय निकुञ्जले मोष्ट वाण्टेड चोरी शिकारी समूह र बन्यजन्तुको अबैध व्यापार गर्ने तस्करलाई पक्राउ गरेपछि शून्य शिकार उपलव्धि हासिल गर्न ठूलो मद्धत पुगेको थियो ।
तत्कालिन बन मन्त्री मातृका प्रसाद यादब बन सचिब र महानिर्देशक सहितको टोली लिएर स्याबासी र हौसला बढाउन तत्काल बर्दिया राष्ट्रिय निकुञ्ज पुग्नुभएको थियो । क्षेत्रीय प्रशासक, सि.डि.ओ., सुरक्षा निकाय प्रमुखहरु सामेल गरेर स्वतन्त्र अनुसन्धान निडर र निर्भय भएर अगाडि बढाउन हिम्मतिलो आड दिनु भएको थियो । मन्त्रीले स्वविवेक, स्वनिर्णय र स्वस्फुर्त गरेको त्यो हिम्मतको आजसम्म संरक्षणबिद्हरु प्रशंसा गर्दछन् । पंक्तिकारले होनहार संरक्षण प्रेमी र जवाफदेहि बन मन्त्रीहरुको मातहतमा रहेर काम गर्न पाएको अवसर गौरवशाली र गर्वयोग्य थियो ।
बर्तमान परिदृष्य
तर, आज १ दशकपछि खोलामा धेरै पानी बगेको छ । पानी, गिट्टी, बालुवा, रुख र जनावरले राज्य कहा“ छ ? खोजि गरिरहेको छ । निकुञ्ज बिभागले डि.जि.मागेर थाकेको छ । ज्ञान, बिज्ञान, अनुसन्धान, श्रोत–साधनको केन्द्र राष्ट्रिय प्रकृति संरक्षण कोष नेतृत्वबिहिन भएर थलिएको छ । सबैको ध्यान प्राकृतिक श्रोत साधनको बिनास र दोहन तथा राष्ट्रिय ढुकुटीको लुटपातमा गएको दयनीय अवस्था छ ।
यी सबै धरातलीय यथार्थलाई चटक्क बिर्सेर बन मन्त्री र बन सचिबले अन्तर्राष्ट्रिय गिरोहको नाईके माथिको स्वतन्त्र छानबिनको स्वामित्व लिनुपर्दछ र बिश्व संरक्षण समुदायलाई खुशी पार्ने गरी अनुसन्धानलाई उचित निश्कर्षमा पु¥याउन साहस भरिदिनुपर्दछ । तबमात्र यो ऐतिहासिक सफलताले सार्थकता पाएको ठहर हुने छ ।
प्रकृतिलाई न्याय
लकडाउन प्रकृतिको र बन्यजन्तुको लागि उसै बरदान भएको थियो । कुञ्जोकको पक्राउले प्रकृति र बन्यजन्तुलाई थप न्याय प्राप्त भएको छ । हजारौं हजार दुर्लभ बन्यजन्तुको चोरी शिकार गर्ने गराउने र रगतको होली खेलेर बन्यजन्तु अंगको अबैध व्यापारबाट अरबौं कमाउने कुञ्जोकको नियन्त्रणले बन्यजन्तु व्यापारको नसा काटिने छ । क्षेत्रीय र बिश्व संरक्षण अभियान सफल बनाउन तथा प्रकृतिलाई फिर्ता गर्न बलियो जग निर्माण हुने छ ।
नेपालको हैसियत
प्रकृति संरक्षणको क्षेत्रमा नेपालले बिश्वमञ्चमा नाम, काम र परिणाम कमाएर किर्ति राखेको छ । हजारौं पाटे बाघ सफाया गर्ने जघन्य अपराधीलाई नेपालभित्र नेपालकै सि.आई.बि.ले पक्राउ गरेर कानूनको दायरमा ल्याउने गर्विलो काम गरेका छन् । भलै, यो सबैको संयुक्त पहल र प्रयासको प्रतिफल हो । नेपाल चुस्त दुरुस्त ईण्टेलिजेन्स र चोरी शिकार तथा तस्कर नियन्त्रणको प्रख्यात प्रयोगशाला साबित भएकोछ । कोर एरियामा शिकारीलाई चियाउन टेक्न नदिन फिल्ड स्थित् फ्रण्टलाईन् संरक्षणकर्मीहरुको साहसिलो कदम र केन्द्रमा अबैध व्यापारको नसा छिनाउने सि.आई.बि.को सानदार अपरेशनले नेपाललाई संरक्षण सफलताको चुचुरोमा पु¥याएको छ । नेपालको सफल नमूना बिश्व संरक्षण समुदायले अनुकरण गरिरहेकोछ । नेपालको कदरयोग्य यो कद र उपलव्धि रक्षा गर्न नेतृत्वले अनवरत मिहेनत र त्याग गरिरहन आवश्यकछ । राष्ट्रिय बाघ संरक्षण समितिका अध्यक्ष प्रधानमन्त्रीको उत्साह र स्यावासीले सम्बन्धित संरक्षणकर्मीहरुको हौसला र मनोबल अरु माथि उठाउने छ । बाघको संख्यामा उल्लेखनीय बढोत्तरी आउनेछ । सन् २०२२ मा नेपालले बाघ दोब्बर गरेर बिश्व समुदायलाई चकित पार्नेछ ।
अन्तर्राष्ट्रिय गिरोहको नाईके पक्राउ गर्न निरन्तर सूचना दिने ट्राफिक ईण्डिया र ईण्टरपोललाई राज्यले स–सम्मान कदर गर्नुपर्दछ । संचारमाध्यम मार्फत होईन, औपचारिक लिखित पत्र र कदर पत्र पठाएर । साथै, उनीहरुलाई आवश्यक सूचना उपलव्ध गराउन पहलता लिनुपर्दछ । क्षेत्रीय र बिश्व संरक्षण टीम निर्माण र टीमवर्कलाई बढावा दिन नेपालले सदैब अग्रणी भूमिका निर्वाह गर्नुपर्दछ ।
स.र.बाबुकृष्ण कार्की (अ.प्रा)
पूर्व निर्देशक, राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्ष निर्देशनालय