हेक्का रहोस्, महाबीरजस्ता सपुत देशले बिरलै पाउँछ


mahabir-2.jpg

सज्जन पोख्रेल।

सन् १९४१-४२ को दोश्रो विश्वयुद्धताका नाजीहरुले तत्कालिन सोभियत संघमाथि आक्रमणको शिलशिलामा तत्कालिन लेनिनग्रादमा (अहिलेको सेन्ट पिटर्सबर्ग, पूर्बी रसिया) करिब ९०० दिन नाकाबन्दी गरे । मौसम अत्यन्तै चिसो थियो, अन्न उत्पादन गर्न सम्भब थिएन, हजारौ मानिसहरु मृत्युको मुखमा पुग्ने आवस्था आयो । सोहि ठाउँको Vavilov Institute of Plant Industry मा करिब ४०,००० प्रजातिका अन्नका बिउ अनुसन्धानको लागि भण्डारण गरिएको थियो, भोकमरीले सताएको ठाउँ, त्योपनि ० डिग्रीभन्दा कम तापक्रममा बिउहरु जोगाएर राख्न बैज्ञानिकहरुलाई पक्कै सजिलो थिएन, बम र बारुदका छर्राले भवनका झ्यालढोका हरु फुटेका थिए, चिसोबाट आलुको बिउ बिग्रन नदिनकोलागी कागज, बाकस र भग्नावशेष जलाएर न्यानो बनाई राखे, भोकाएका मुसाले सताएपछी फलामका डन्डीले मारे । अवस्था कतिसम्म भयो भने एकजना बैज्ञानिक, अलेक्जेन्डर, १९४२ को जनावरिमा, आफ्नै कार्यकक्षको टेबलमा मृत्युबरण गरे जबकी उनकै आगाडी हजारौ टन खानेकुराको भण्डारण थियो ।

करिब ९०० दिनपछि नाकाबन्दी खुल्यो, अहिले संसारभरि अधिकांश बालीहरु तीनै बीउ वा बीउका हाइब्रिडहरु हुन् । अनुसन्धान, विकास र भाबी सन्ततिका लागि आफ्नो ज्यानै फालेको यो घटनाले मलाई सधै प्रेरणा दिन्छ ।

तर बिडम्बना !! यसको महत्व बुझ्ने मान्छे नेपालमा कमै छन्, हिजो महाबीर पुनले सरकारसंग “आविस्कार केन्द्र” खोलौं भन्दा सरकार कानमा तेल हाल्यो , आफ्नै मिहिनेतले बनाउँछु भन्दै व्यक्तिगत सम्पति बेचे , त्यसले पनि नपुग्ने भएपछी आफ्ना पदक र मेडल बेच्न राखेका छन् । एती हुँदासम्म अधिकांश हामीलाई थाहै छैन, हनुमान बन्नमै ब्यस्त छौं, चम्चागिरी गर्नमै मस्त छौं, कहिल्लै नछोड्ने चुनाबको झ्यापमा छौं ।

हामी रेल ल्याउने कुरा गर्छौँ, रेल बनाउने कुरा गर्दैनौ, सुरुंग मार्ग खन्ने कुरा गर्छौँ, खन्ने उपकरण बनाउने कुरा गर्दैनौ । ल ठीक छ, एक-दुइपटक त सबै बाहिरबाट आयात गरौंला, कतिसम्म गर्ने ? सधै माछा किन्न बजारमा जाने कि आफै मार्न सिक्ने ?

जबसम्म देशमा उत्पादन हुदैन, तबसम्म आर्थिक वृद्धिदर २० नै पुगेपनि, जतिनै बिजुली बेचेपानी देश बन्नेवाला छैन, तबसम्म उत्पादन हुदैन जबसम्म हामीले माटो सुहाउँदो यन्त्र र उपकरण बनाउदैनौं , त्यसका लागि Research and Development नै एकमात्र अस्त्र हो । नेपालको बार्षिक बजेट करिब ८ बिलियन अमेरिकी डलर छ, अमेरिकाका बिश्वबिद्यालायहरुले मात्रै बर्षमा ७० बिलियन Research and Development मा खर्च गर्छन ।

हेक्का रहोस्, महाबीरजस्ता सपुत देशले बिरलै पाउँछ । उनले धेरै गर्न सक्छन, उनको जीवन आविस्कार केन्द्र स्थापना गर्नमै हामीले बिताइदियौँभने देशले अपूर्णनिय क्षति बेहोर्नेछ ।

जय नेपाल !!

Comments 0

Your email address will not be published. Required fields are marked *

हेक्का रहोस्, महाबीरजस्ता सपुत देशले बिरलै पाउँछ

log in

Become a part of our community!

Captcha!

reset password

Back to
log in
Choose A Format
Personality quiz
Series of questions that intends to reveal something about the personality
Trivia quiz
Series of questions with right and wrong answers that intends to check knowledge
Poll
Voting to make decisions or determine opinions
Story
Formatted Text with Embeds and Visuals
List
The Classic Internet Listicles
Video
Youtube, Vimeo or Vine Embeds
Audio
Soundcloud or Mixcloud Embeds
Image
Photo or GIF
Gif
GIF format